Tune to BFM 91.2|Biratnagar

विश्वमा कोरोनाका कारण ३ लाख ७७ हजार ९ सय ९४ जनाको मृत्यु

विराटनगर, २० जेठ । विश्वमा कोरोना महामारीका कारण ३ लाख ७७ हजार बढीको मृत्यु भएको छ । आज साँझ सम्म ३ लाख ७७ हजार ९ सय ९४ जनाको मृत्यु भएको छ । विश्वभर पछिल्लो अद्यावधिक विवरण अनुसार आज दिनभरीमा ७ सय ८४ जनाले ज्यान गुमाएका छन् ।

६३ लाख ९६ हजार संक्रमित मध्ये २९ लाख २९ हजार बढि उपचारपछि निको भएका छन् । विश्वभर आज ३३ हजार ८२ जना नयाँ संक्रमित थपिएका छन् । ५३ हजार ३ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ६ हजार ९ सय २७ पुगेको छ । संक्रमितको संख्या १८ लाख ५९ हजार नाघेको छ । बेलायतमा २ लाख ७६ हजार ३ सय संक्रमित भएका छन् ।

संक्रमित मध्ये ३९ हजार ४५ जनाको मृत्यु भएको छ । इटालीमा २ लाख ३३ हजार १ सय बढी संक्रमित भएका छन् । ३३ हजार ४ सय बढीको मृत्यु भएको छ । फ्रान्समा १ लाख ८९ हजार २ सय बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार ८ सय नाघेको छ ।

यस्तै स्पेनमा २ लाख ८६ हजार ७ सय बढी कोरोना संक्रमित मध्ये २७ हजार १ सय बढीको मृत्यु भएको छ । ब्राजिलमा ५ लाख २९ हजार बढी संक्रमित हुंदा ३० हजार ४६ जनाको मृत्यु भएको छ । जर्मनीमा १ लाख ८३ हजार ७ सय बढी संक्रमित मध्ये ८ हजार ६ सयको मृत्यु भएको छ । रसियामा ४ लाख २३ हजार ७ सय बढी संक्रमित भएका छन् ।

रसियामा मृत्यु हुनेको संख्या ५ हजार ३७ पुगेको छ । भारतमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय नाघ्दा ५ हजार ६ सय १२ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button