Tune to BFM 91.2|Biratnagar

विश्वमा कोरोनाका कारण ३ लाख १३ हजार २ सय ६८ को मृत्यु

काठमाडौं ४ जेठ । विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख १३ हजार २ सय ६८ पुगेको छ । ४७ लाख २२ हजार ३१९ बढी संक्रमित मध्ये करिब १८ लाख १३ हजार बढी उपचार पछि निको भएका छन् ।

४४ हजार ८ सय ४० जना संक्रमितको स्वास्थ्य गम्भीर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।पछिल्लो तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण ९० हजार १ सय १३ जनाको मृत्यु भएको छ ।संक्रमितको संख्या १५ लाख ७ हजार बढी रहेको छ ।

बेलायतमा २ लाख ४० हजार बढी संक्रमित मध्ये ३४ हजार ६ सय ८८ जनाको मृत्यु भएको छ । इटालीमा अहिलेसम्ममा दुई लाख २४ हजार ७६० सङ्क्रमित भएका छन् भने ३१ हजार ७६३ व्यक्तिको मृत्यु भएको छ ।फ्रान्समा १ लाख ७९ हजार बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २७ हजार ६ सय नाघेको छ ।

यस्तै स्पेनमा २ लाख ७६ हजार बढी कोरोना संक्रमित मध्ये २७ हजार ५ सय २७ जनाको मृत्यु भएको छ । ब्राजिलमा २ लाख ३३ हजार बढी संक्रमित हुंदा १५ हजार ६ सय बढीको मृत्यु भएको छ ।उता जर्मनीमा १ लाख ७६ हजार बढी संक्रमित र ८ हजार २७ जनाको मृत्यु भएको छ ।चीनमा ८२ हजार ९ सय बढी कोरोना संक्रमित हुंदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३३ पुगेको छ ।

रसियामा २ लाख ७२ हजार बढी कोरोना संक्रमितमा मृत्यु हुनेको संख्या २ हजार ५ सय नाघेको छ ।यसैगरी भारतमा ९० हजार ९ सय २७ जना कोरोना संक्रमित रहेका छन भने २ हजार ८ सय ७२ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button