Tune to BFM 91.2|Biratnagar

विश्वमा कोरोनाका कारण ४ लाख ९ हजार २ सय ४२ जनाको मृत्यु

विराटनगर, २७ जेठ । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ४ लाख ९ हजार पुगेको छ । आज साँझ सम्म ४ लाख ९ हजार २ सय ४२ जनाको मृत्यु भएको छ ।

आज दिनभरीमा विश्वभर १ हजार २ जनाको मृत्यु भएको छ । ७२ लाख २२ हजार संक्रमित मध्ये ३५ लाख ५७ हजार बढि उपचारपछि निको भएका छन् । विश्वभर ३२ हजार ७ सय ८५ नयाँ संक्रमित थपिएका छन् ।

५३ हजार ८ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख १३ हजार १ सय ६ पुगेको छ । संक्रमितको संख्या २० लाख २६ हजार ८ सय नाघेको छ । ब्राजिलमा ७ लाख १० हजार ८ सय बढी संक्रमित हुँदा ३७ हजार ३ सय १२ जनाको ज्यान गएको छ ।

रसियामा ४ लाख ८५ हजार २ सय बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या ६ हजार १ सय ४२ पुगेको छ । यस्तै स्पेनमा २ लाख ८८ हजार ७ सय बढी कोरोना संक्रमित मध्ये २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ ।

बेलायतमा २ लाख ८७ हजार ३ सय संक्रमित भएका छन् । संक्रमित मध्ये ४० हजार ५ सय ९७ जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार २ सय १४ पुगेको छ । ७ हजार ७ सय ८१ जनाको मृत्यु भएको छ । भारतमा आज दिनभरीमा १ हजार ६ सय ८६ नयाँ संक्रमित थपिएका छन् ।

इटालीमा २ लाख ३५ हजार २ सय बढी संक्रमित भएका छन् । इटालीमा ३३ हजार ९ सय ६४ जनाको मृत्यु भएको छ । पेरुमा १ लाख ९९ हजार ६ सय बढी संक्रमित हुँदा ५ हजार ५ सय ७१ जनाको मृत्यु भएको छ ।

जर्मनीमा १ लाख ८६ हजार २ सय बढी संक्रमित मध्ये ८ हजार ८ सय १ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button