Tune to BFM 91.2|Biratnagar

विश्वमा कोरोनाका कारण ४ लाख १४ हजार १ सय ५८ जनाको मृत्यु

विराटनगर, २८ जेठ । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ४ लाख १४ हजार पुगेको छ । आज साझ सम्म ४ लाख १४ हजार १५८ जनाको मृत्यु भएको छ । ७३ लाख ४४ हजार ६०५ संक्रमित मध्ये ३६ लाख २१ हजार बढि उपचारपछि निको भएका छन् ।

५४ हजार ३२ संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख १४ हजार १ सय ५९ पुगेको छ । संक्रमितको संख्या २० लाख ४६ हजार नाघेको छ ।

ब्राजिलमा ७ लाख ४२ हजार बढी संक्रमित हुँदा ३८ हजार ४ सय ९७ को ज्यान गएको छ । रसियामा ४ लाख ९३ हजार ६सय बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या ६ हजार ३ सय ५८ पुगेको छ । यस्तै स्पेनमा २ लाख ८९ हजार बढी कोरोना संक्रमित मध्ये २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ ।

बेलायतमा २ लाख ८९ हजारबढी संक्रमित भएका छन् । संक्रमित मध्ये ४० हजार ८ सय बढी जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५ सय ८३ पुगेको छ । ७ हजार ७ सय ४५ जनाको मृत्यु भएको छ । भारतमा १० हजार २ सय १८ नयाँ संक्रमित थपिएका छन् ।

इटालीमा २ लाख ३५ हजार ५ सय बढी संक्रमित भएका छन् । इटालीमा ३४ हजार बढीको को मृत्यु भएको छ । पेरुमा २ लाख ३ हजार ७ सय बढी संक्रमित हुँदा ५ हजार ७ सय ३८ जनाको मृत्यु भएको छ । जर्मनीमा १ लाख ८६ हजार ५ सय बढी संक्रमित मध्ये ८ हजार ८ सय ३१ जनाको मृत्यु भएको छ ।
…………….

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button