Tune to BFM 91.2|Biratnagar

विश्वमा कोरोनाका कारण ४ लाख १९ हजार ५ सय ११ जनाको मृत्यु

विराटनगर २९ जेठ । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ४ लाख १९ हजार पुगेको छ । आज साँझ सम्म ४ लाख १९ हजार ५ सय ११ जनाको मृत्यु भएको छ । आज दिनभरीमा १ हजार ३ सय ७४ जनाको मृत्यु भएको छ ।

७४ लाख ८३ हजार संक्रमित भएका छन् । विश्वभर ३७ हजार ८ सय २६ जना नयाँ संक्रमित थपिएका छन् । विश्वभर संक्रमित भएका मध्ये ३७ लाख ९८ हजार बढि उपचारपछि निको भएका छन् ।

५३ हजार ९ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख १५ हजार १ सय ४१ पुगेको छ । संक्रमितको संख्या २० लाख ६६ हजार नाघेको छ । ब्राजिलमा ७ लाख ७५ हजार ५ सय बढी संक्रमित हुँदा ३९ हजार ८ सयको ज्यान गएको छ ।

रसियामा ५ लाख २ हजार ४ सय बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या ६ हजार ५ सय ३२ रहेको छ । वेलायतमा संक्रमितको संख्या २ लाख ९० हजार नाघेको छ । वेलायतमा ४१ हजार १ सय २८ पुगेको छ । यस्तै स्पेनमा २ लाख ८९ हजार बढी कोरोना संक्रमित मध्ये २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार ६ सय ७९ पुगेको छ । ८ हजार १ सय १५ जनाको मृत्यु भएको छ । भारतमा आज दिनभरीमा ५ सय २४ नयाँ संक्रमित थपिएका छन् । इटालीमा २ लाख ३५ हजार ७ सय बढी संक्रमित भएका छन् । इटालीमा ३४ हजार १ सय बढीको को मृत्यु भएको छ ।

पेरुमा २ लाख ८ हजार ८ सय बढी संक्रमित हुँदा ५ हजार ९ सय बढीको मृत्यु भएको छ । जर्मनीमा १ लाख ८६ हजार ५ सय बढी संक्रमित मध्ये ८ हजार ८ सय ४५ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button