Tune to BFM 91.2|Biratnagar

विश्वमा कोरोनाका कारण ४ लाख २४ हजार ३ सय ३२ जनाको मृत्यु

विराटनगर, ३० जेठ । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ४ लाख २४ हजार पुगेको छ । आज साँझ सम्म ४ लाख २४ हजार ३ सय ३२ जनाको मृत्यु भएको छ । आज दिनभरीमा विश्वभर १ हजार २ सय ४६ जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाईरसबाट हाल सम्म ७६ लाख २३ हजार संक्रमित भएका छन् । विश्वभर ३९ हजार ५ सय ७ जना नयाँ संक्रमित थपिएका छन् । विश्वभर संक्रमित भएका मध्ये ३८ लाख ६१ हजार बढि उपचारपछि निको भएका छन् । ५३ हजार ९ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख १६ हजार ३५ पुगेको छ । संक्रमितको संख्या २० लाख ८९ हजार नाघेको छ । ब्राजिलमा ८ लाख ५ हजार बढी संक्रमित हुँदा ४१ हजार बढीको ज्यान गएको छ । रसियामा ५ लाख ११ हजार ४ सय बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या ६ हजार ७ सय १५ रहेको छ ।

भारतमा २ लाख ९८ हजार २ सय ८३ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ८ हजार ५ सय १ जनाको मृत्यु भएको छ । वेलायतमा संक्रमितको संख्या २ लाख ९१ हजार ४ सय नाघेको छ । वेलायतमा ४१ हजार २ सय बढीले ज्यान गुमाएका छन् । स्पेनमा २ लाख ८९ हजार बढी कोरोना संक्रमित मध्ये २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ ।

इटालीमा २ लाख ३६ हजार बढी संक्रमित भएका छन् । इटालीमा ३४ हजार १ सय ६७ जनाको मृत्यु भएको छ । पेरुमा २ लाख १४ हजार ७ सय बढी संक्रमित हुँदा ६ हजार १ सय बढीको मृत्यु भएको छ । जर्मनीमा १ लाख ८६ हजार ७ सय बढी संक्रमित मध्ये ८ हजार ८ सय ५१ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button