Tune to BFM 91.2|Biratnagar

विश्वमा कोरोनाका कारण ४ लाख ५ हजारको मृत्यु

विराटनगर, २६ जेठ । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ४ लाख ५ हजार पुगेको छ । आज विहान सम्म ४ लाख ५ हजार ७४ जनाको मृत्यु भएको छ ।

२४ घण्टामा विश्वभर ३ हजार ३ सय ७५ जनाको मृत्यु भएको छ । ७० लाख ८१ हजार संक्रमित मध्ये ३४ लाख ५३ हजार बढि उपचारपछि निको भएका छन् । विश्वभर १ लाख १२ हजार ४ सय ७० नयाँ संक्रमित थपिएका छन् । ५३ हजार ६ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख १२ हजार ४ सय ६९ पुगेको छ । संक्रमितको संख्या २० लाख ७ हजार नाघेको छ । ब्राजिलमा ६ लाख ९१ हजार ९ सय बढी संक्रमित हुँदा ३६ हजार ४ सय ९९ जनाको ज्यान गएको छ । रसियामा ४ लाख ६७ हजार ६ सय बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या ५ हजार ८ सय ५९ पुगेको छ । यस्तै स्पेनमा २ लाख ८८ हजार ६ सय बढी कोरोना संक्रमित मध्ये २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ ।

बेलायतमा २ लाख ८६ हजार १ सय संक्रमित भएका छन् । संक्रमित मध्ये ४० हजार ५ सय ४२ जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ५ सय ६ पुगेको छ । ७ हजार २ सय ७ जनाको मृत्यु भएको छ । भारतमा १० हजार ८ सय ८४ नयाँ संक्रमित थपिएका छन् । इटालीमा २ लाख ३४ हजार ९ सय बढी संक्रमित भएका छन् । इटालीमा ३३ हजार ८ सय ९९ जनाको मृत्यु भएको छ । पेरुमा १ लाख ९६ हजार ५ सय बढी संक्रमित हुँदा ५ हजार ४ सय ६५ जनाको मृत्यु भएको छ । जर्मनीमा १ लाख ८५ हजार ८ सय बढी संक्रमित मध्ये ८ हजार ७ सय ७६ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button