Tune to BFM 91.2|Biratnagar

विश्वमा कोरोनाका १८ लाख ५५ हजार संक्रमित उपचार पछि निको भए

विराटनगर, ५ जेठ । विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख १६ हजार ५ सय १४ पुगेको छ । आज विहान सम्म ४७ लाख ९८ हजार बढी संक्रमित मध्ये करिब १८ लाख ५५ हजार उपचार पछि निको भएका छन् ।

४४ हजार ८ सय ८३ जना संक्रमितको स्वास्थ्य गम्भीर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण ९० हजार ९ सय ७३ जनाको मृत्यु भएको छ ।

संक्रमितको संख्या १५ लाख २७ हजार नाघेको छ । बेलायतमा २ लाख ४३ हजार संक्रमित मध्ये ३४ हजार ६ सय बढीको मृत्यु भएको छ । इटालीमा दुई लाख २५ हजार ४ सय ३५ सङ्क्रमित भएका छन् भने ३१ हजार ९ सय ८ व्यक्तिको मृत्यु भएको छ । फ्रान्समा १ लाख ७९ हजार बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार १ सय नाघेको छ ।

यस्तै स्पेनमा २ लाख ७७ हजार कोरोना संक्रमित मध्ये २७ हजार ६ सय बढीको मृत्यु भएको छ । ब्राजिलमा २ लाख ४१ हजार बढी संक्रमित हुंदा १६ हजार १ सय बढीको मृत्यु भएको छ । उता जर्मनीमा १ लाख ७६ हजार बढी संक्रमित हुँदा ८ हजार बढीको मृत्यु भएको छ ।

चीनमा ८२ हजार ९ सय बढी कोरोना संक्रमित हुंदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३३ पुगेको छ । रसियामा २ लाख ८१ हजार बढी कोरोना संक्रमितमा मृत्यु हुनेको संख्या २ हजार ६ सय नाघेको छ ।

यसैगरी भारतमा ९५ हजार ६ सय ९८ कोरोना संक्रमितमा ३ हजार ३५ जनाको मृत्यु भएको छ । भारतमा २४ घण्टामा ५ हजार ५० जना नयाँ संक्रमित थपीएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button