Tune to BFM 91.2|Biratnagar

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या करिव ८२ हजार

विराटनगर, २६ चैत । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ बाट संक्रमित हुनेको संख्या १४ लाख २५ हजार ८ सय ३ पुगेको छ । आज विहान सम्म मृत्यु हुनेको संख्या ८१ हजार ९ सय ७२ पुगेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार संक्रमित मध्ये ३ लाख १ हजार ८ सय २८ जना उपचारपछि निको भएका छन् । संक्रमित मध्ये ४७ हजार ९ सय १२ को अबस्था गंभीर रहेको छ । अमेरिकामा सबैभन्दा बढी ३ लाख ९५ हजार ६ सय १२ जना संक्रमित छन् भने १२ हजार ७ सय ९० जनाको मृत्यु भएको छ ।

स्पेनमा संक्रमितको संख्या १ लाख ४१ हजार ९ सय ४२ पुगेको छ । स्पेनमा थप ७ सय ४ जनाको मृत्यु भएपछि मृतकको संख्या १४ हजार ४५ पुगेको छ । अर्काे यूरोपेली मुलुक इटालीमा १ लाख ३५ हजार ५ सय ८६ जना संक्रमित भएका छन् भने १७ हजार १ सय २७ जनाको मृत्यु भएको छ । त्यहां थप ६ सय ४ जनाको मृत्यु भएको छ ।

यस्तै, जर्मनीमा १ लाख ७ हजार ६ सय ६३ जना संक्रमित भएका छन् । २ हजार १६ जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोना संक्रमितको संख्या १ लाख ९ हजार ६९ पुगेको छ । मृतकको संख्या १० हजार ३ सय २८ पुगेको छ ।

उता इरानमा संक्रमितको संख्या ६२ हजार ५ सय ८९ पुगेको छ । ३ हजार ८ सय ७२ जनाको मृत्यु भएको छ । बेलायतमा कोरोना संक्रमितको संख्या बढेर ५५ हजार २ सय ४२ पुगेको छ । ६ हजार १ सय ५९ जनाको मृत्यु भएको छ ।

भारतमा पनि कोरोनाको प्रकोप बढिरहेको छ । त्यहा संक्रमितको संख्या ५ हजार ३ सय ११ र मृतकको संख्या १ सय ५० पुगेको छ । पाकिस्तानमा कोरोना संक्रमितको संख्या ४ हजार ३५ पुगेको छ । ५७ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button