Tune to BFM 91.2|Biratnagar

विश्वमा कोरोना महामारीका कारण ३ लाख ६७ हजारको मृत्यु

विराटनगर, १७ जेठ । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ६७ हजार नाघेको छ । आज साँझ सम्म ३ लाख ६७ हजार ३ सय ५ जनाको मृत्यु भएको छ ।

विश्वभर पछिल्लो अद्यावधिक विवरण अनुसार ८ सय ८३ जनाले ज्यान गुमाएका छन् । ६० लाख ५६ हजार संक्रमित मध्ये २६ लाख ८१ हजार बढि उपचारपछि निको भएका छन् । विश्वभर २९ हजार ६ सय ३ नयाँ संक्रमित थपिएका छन् ।

५३ हजार ७ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ४ हजार ५ सय ४८ पुगेको छ । संक्रमितको संख्या १७ लाख ९३ हजार नाघेको छ । बेलायतमा २ लाख ७१ हजार संक्रमित भएका छन् ।

संक्रमित मध्ये ३८ हजार १ सय बढीको मृत्यु भएको छ । इटालीमा २ लाख ३२ हजार २ सय बढी संक्रमित भएका छन् । ३३ हजार २ सय बढीको मृत्यु भएको छ । फ्रान्समा १ लाख ८६ हजार ८ सय बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार ७ सय नाघेको छ ।

यस्तै स्पेनमा २ लाख ८५ हजार ६ सय बढी कोरोना संक्रमित मध्ये २७ हजार १ सय बढीको मृत्यु भएको छ । ब्राजिलमा ४ लाख ६८ हजार ३ सय बढी संक्रमित हुंदा २७ हजार ९ सय बढीको मृत्यु भएको छ । उता जर्मनीमा १ लाख ८३ हजारबढी संक्रमित मध्ये ८ हजार ५ सय बढीको मृत्यु भएको छ ।

रसियामा ३ लाख ९६हजार बढी संक्रमित भएका छन् । रसियामा मृत्यु हुनेको संख्या ४ हजार ५ सय नाघेको छ । भारतमा कोरोना संक्रमितको संख्या १ लाख ७४ हजार ३ सय नाघ्दा ४ हजार ९ सय ८२ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button