Tune to BFM 91.2|Biratnagar

विश्वमा कोरोना महामारीका कारण ३ लाख ७४ हजारको मृत्यु

विराटनगर, १९ जेठ । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ७४ हजार नाघेको छ । आज साँझ सम्म ३ लाख ७४ हजार ३ सय ४३ जनाको मृत्यु भएको छ । विश्वभर पछिल्लो अद्यावधिक विवरण अनुसार ६ सय ४६ जनाको मृत्यु भएको छ ।

६२ लाख ९१ हजार संक्रमित मध्ये २८ लाख ६२ हजार बढि उपचारपछि निको भएका छन् । विश्वभर ३२ हजार ९ जना नयाँ संक्रमित थपिएका छन् । ५३ हजार ४ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ६ हजार १ सय ९८ पुगेको छ । संक्रमितको संख्या १८ लाख ३७ हजार नाघेको छ । बेलायतमा २ लाख ७४ हजार ७ सय संक्रमित भएका छन् ।

संक्रमित मध्ये ३८ हजार ४ सय बढीको मृत्यु भएको छ । इटालीमा २ लाख ३२ हजार ९ सय बढी संक्रमित भएका छन् । ३३ हजार ४ सय बढीको मृत्यु भएको छ । फ्रान्समा १ लाख ८८ हजार ८ सय बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार ८ सय नाघेको छ । यस्तै स्पेनमा २ लाख ८६ हजार ५ सय बढी कोरोना संक्रमित मध्ये २७ हजार १ सय बढीको मृत्यु भएको छ ।

ब्राजिलमा ५ लाख १४ हजार ९ सय बढी संक्रमित हुंदा २९ हजार ३ सय बढीको मृत्यु भएको छ । जर्मनीमा १ लाख ८३ हजार ४ सय बढी संक्रमित मध्ये ८ हजार ६ सयको मृत्यु भएको छ । रसियामा ४ लाख १४ हजार ८ सय बढी संक्रमित भएका छन् ।

रसियामा मृत्यु हुनेको संख्या ४ हजार ८ सय ५५ पुगेको छ । भारतमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ३ सय नाघ्दा ५ हजार ४ सय १३ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button