Tune to BFM 91.2|Biratnagar

विश्वमा कोरोना संक्रमितहुनेको संख्या ४ करोड ३८ लाख पुग्यो

विराटनगर , ११ कात्तिक । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ४ करोड ३८ लाख नाघेको छ ।

आज साझ सम्म विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ४ करोड ३८ लाख ७२ हजार ५१० पुगेको छ । अमेरिकामा ८९ लाख ६२ हजार संक्रमित फेला परेका छन् । भारतमा ७९ लाख ४६ हजार बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या ५४ लाख ११ हजार नाघेको छ भने रुसमा १५ लाख ४७ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । विश्वभर अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख ६६ हजार पुगेको छ । अमेरिकामा २ लाख ३१ हजार बढीको मृत्यु भएको छ ।

ब्राजिलमा मृत्यु हुनेको संख्या १ लाख ५७ हजार ४ सय पुगेको छ । भारतमा १ लाख १९ हजार ५ सय बढीले ज्यान गुमाएका छन् । विश्वभर ३ करोड २२ लाख ३६ हजार संक्रमित निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button