Tune to BFM 91.2|Biratnagar

विश्वमा कोरोना संक्रमित ५ करोड ४९ लाख पुग्यो

विराटनगर, १ मंसिर । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ५ करोड ४९ लाख नाघेको छ । आज साँझ सम्म विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ५ करोड ४९ लाख ३१ हजार ६१५ पुगेको छ ।

अमेरिकामा १ करोड १३ लाख ६७ हजार २ सय संक्रमित फेला परेका छन् । भारतमा ८८ लाख ४५ हजार ६ सय बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या ५८ लाख ६३ हजार नाघेको छ भने फ्रान्समा १९ लाख ८१ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् ।

विश्वभर अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १३ लाख २६ हजार पुगेको छ । अमेरिकामा २ लाख ५१ हजार ९ सयको मृत्यु भएको छ । ब्राजिलमा मृत्यु हुनेको संख्या १ लाख ६५ हजार ८ सय पुगेको छ । भारतमा १ लाख ३० हजार १ सय बढीले ज्यान गुमाएका छन् । विश्वभर ३ करोड ८२ लाख ११ हजार संक्रमित निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button