Tune to BFM 91.2|Biratnagar

विश्वमा कोरोना संक्रमित ५ करोड ४९ लाख पुग्यो

विराटनगर, २ मंसिर । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ५ करोड ५४ लाख नाघेको छ ।

आज साँझ सम्म विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ५ करोड ५४ लाख ४९ हजार ६३१ पुगेको छ । अमेरिकामा १ करोड १५ लाख ३८ हजार २ सय संक्रमित फेला परेका छन् । भारतमा ८८ लाख ७४ हजार ९ सय बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या ५८ लाख ७६ हजार नाघेको छ भने फ्रान्समा १९ लाख ९१ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । विश्वभर अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १३ लाख ३४ हजार पुगेको छ । अमेरिकामा २ लाख ५२ हजार ६ सयको मृत्यु भएको छ ।

ब्राजिलमा मृत्यु हुनेको संख्या १ लाख ६६ हजार पुगेको छ । भारतमा १ लाख ३० हजार ५ सय बढीले ज्यान गुमाएका छन् । विश्वभर ३ करोड ८६ लाख ७ हजार संक्रमित निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button