Tune to BFM 91.2|Biratnagar

विश्वमा कोरोना संक्रमित ५ करोड ६० लाख पुग्यो

विराटनगर, ३ मंसिर । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ५ करोड ६० लाख नाघेको छ । आज साँझ सम्म विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ५ करोड ६० लाख ६८ हजार ९०८ पुगेको छ । अमेरिकामा १ करोड १६ लाख ९७ हजार संक्रमित फेला परेका छन् ।

भारतमा ८९ लाख १२ हजार ९ सय बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या ५९ लाख ११ हजार नाघेको छ भने फ्रान्समा २० लाख ३६ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् ।

विश्वभर अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १३ लाख ४६ हजार पुगेको छ । अमेरिकामा २ लाख ५४ हजार २ सयको मृत्यु भएको छ । ब्राजिलमा मृत्यु हुनेको संख्या १ लाख ६६ हजार ७ सय पुगेको छ । भारतमा १ लाख ३१ हजार ५ सय बढीले ज्यान गुमाएका छन् । विश्वभर ३ करोड ९० लाख ६३ हजार संक्रमित निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button