विश्वमा कोरोना संक्रमित ५ करोड ६७ लाख पुग्यो
विराटनगर, ४ मंसिर । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ५ करोड ६७ लाख नाघेको छ । आज साँझ सम्म विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ५ करोड ६७ लाख ७ हजार २८७ पुगेको छ । अमेरिकामा १ करोड १८ लाख ७६ हजार संक्रमित फेला परेका छन् ।
भारतमा ८९ लाख ६० हजार बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या ५९ लाख ४७ हजार नाघेको छ भने फ्रान्समा २० लाख ६५ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् ।
विश्वभर अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १३ लाख ५७ हजार पुगेको छ । अमेरिकामा २ लाख ५६ हजार ३ सयको मृत्यु भएको छ । ब्राजिलमा मृत्यु हुनेको संख्या १ लाख ६७ हजार ४ सय पुगेको छ । भारतमा १ लाख ३१ हजार ६ सय बढीले ज्यान गुमाएका छन् ।
विश्वभर ३ करोड ९४ लाख ९० हजार संक्रमित निको भएका छन् ।