Tune to BFM 91.2|Biratnagar

विश्वमा कोरोना संक्रमित ५ करोड ८० लाख पुग्यो

विराटनगर, ६ मंसिर । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ५ करोड ८० लाख नाघेको छ । आज साँझ सम्म विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ५ करोड ८० लाख २९ हजार २०७ पुगेको छ ।

अमेरिकामा १ करोड २२ लाख ७७ हजार संक्रमित फेला परेका छन् । भारतमा ९० लाख ५० हजार बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या ६० लाख २० हजार नाघेको छ भने फ्रान्समा २१ लाख ९ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । विश्वभर अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १३ लाख ८० हजार पुगेको छ । अमेरिकामा २ लाख ६० हजार ३ सयको मृत्यु भएको छ ।

ब्राजिलमा मृत्यु हुनेको संख्या १ लाख ६८ हजार ६ सय पुगेको छ । भारतमा १ लाख ३२ हजार ७ सय बढीले ज्यान गुमाएका छन् । विश्वभर ४ करोड २ लाख २३ हजार संक्रमित निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button