Tune to BFM 91.2|Biratnagar

कोरोनाको उपचार पद्धति महङ्गोे: डा. ज्ञानेन्द्रमान सिंह कार्की

विराटनगर १३ मंसिर । विराट मेडिकल कलेज शिक्षण अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले कोरोनाको उपचार पद्धति महङ्गो भएको बताउनु भएको छ । उहाँले उपचार पद्धति महंगो भएपछि सरकार पन्छिएको आरोप लगाउनुभयो ।

वीएफएमको साप्ताहिक कार्यक्रम साझा सरोकारमा कुराकानी गर्दै उहाँले सो कुरा बताउनु भएको हो । बाहिरहेर्दा सजिलो जस्तो देखिए पनि कोरोनाको उपचार गर्ने विधि एकदमै कठिन र खर्चिलो हुने डा.कार्कीले बताउनुभयो ।

निजि स्वास्थ संस्थाले मनपरि शुल्क लिएको समाचार बाहिर आइरहेको भन्दै भित्री कुरा नबुझी निजि स्वास्थ संस्थाको बदनाम भएको गरिएको उहाँले गुनासो गर्नुभयो । बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ समेत रहनु भएका डा.कार्कीले संक्रमितलाई बचाउन हरेक उपाय अपनाउने गरेकोले सबैले प्लाज्मा दान अनिवार्य गरे दुबैलाइ फाइदा हुने बताउनुभयो ।

डा. कार्कीले भन्नुभयो,‘ संक्रमणमुक्त भएका कोरोनाका बिरामीले प्लाज्मा दान गर्ने हो भने उपचारमा केही सजिलो हुने थियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button