Tune to BFM 91.2|Biratnagar

विश्वमा कोरोना संक्रमित ६ करोड ३१ लाख पुग्यो

विराटनगर, १५ मंसिर । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ६ करोड ३१ लाख नाघेको छ । आज साझ सम्म विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ६ करोड ३१ लाख ७२ हजार पुगेको छ ।

अमेरिकामा १ करोड ३७ लाख ५१ हजार संक्रमित फेला परेका छन् । भारतमा ९४ लाख ३२ हजार बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या ६३ लाख १४ हजार नाघेको छ भने रुसमा २२ लाख ९५ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् ।

विश्वभर अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १४ लाख ६७ हजार पुगेको छ । अमेरिकामा २ लाख ७३ हजार १ सय कोे मृत्यु भएको छ । ब्राजिलमा मृत्यु हुनेको संख्या १ लाख ७२ हजार ८ सय पुगेको छ ।

भारतमा १ लाख ३७ हजार १ सय बढीले ज्यान गुमाएका छन् । विश्वभर ४ करोड ३६ लाख ८२ हजार संक्रमित निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button