विश्वमा कोरोना संक्रमित ४ करोड २२ लाख पुग्यो
विराटनगर, ७ कात्तिक । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ४ करोड २२ लाख नाघेको छ । यो समाचार तयार पार्दा सम्म विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ४ करोड २२ लाख ३ हजार १५१ पुगेको छ । अमेरिकामा ८६ लाख ७५ हजार संक्रमित फेला परेका छन् ।
भारतमा ७७ लाख ८१ हजार बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या ५३ लाख ३२ हजार नाघेको छ भने रुसमा १४ लाख ८० हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । विश्वभर अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख ४५ हजार पुगेको छ ।
अमेरिकामा २ लाख २८ हजार ५ सय बढीको मृत्यु भएको छ । ब्राजिलमा मृत्यु हुनेको संख्या १ लाख ५५ हजार ९ सय पुगेको छ । भारतमा १ लाख १७ हजार ४ सय बढीले ज्यान गुमाएका छन् । विश्वभर ३ करोड १२ लाख ७६ हजार संक्रमित निको भएका छन् ।