विश्वमा कोरोना संक्रमित ४ करोड २५ लाख पुग्यो
विराटनगर , ८ कात्तिक । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ४ करोड २५ लाख नाघेको छ ।
आज साँझ सम्म विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ४ करोड २५ लाख ७६ हजार ७७८ पुगेको छ । अमेरिकामा ८७ लाख ५२ हजार संक्रमित फेला परेका छन् । भारतमा ७८ लाख १४ हजार बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
ब्राजिलमा कोरोना संक्रमितको संख्या ५३ लाख ५५ हजार नाघेको छ भने रुसमा १४ लाख ९७ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । विश्वभर अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख ५० हजार पुगेको छ ।
अमेरिकामा २ लाख २९ हजार ३ सय बढीको मृत्यु भएको छ । ब्राजिलमा मृत्यु हुनेको संख्या १ लाख ५६ हजार ५ सय पुगेको छ ।
भारतमा १ लाख १७ हजार ९ सय बढीले ज्यान गुमाएका छन् । विश्वभर ३ करोड १४ लाख ७२ हजार संक्रमित निको भएका छन् ।