Tune to BFM 91.2|Biratnagar

विश्वमा कोरोना संक्रमित ४ करोड ३० लाख पुग्यो

विराटनगर , ९ कात्तिक । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ४ करोड ३० लाख नाघेको छ । आज साँझ सम्म विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ४ करोड ३० लाख २७ हजार ४२७ पुगेको छ ।

अमेरिकामा ८८ लाख २९ हजार संक्रमित फेला परेका छन् । भारतमा ७८ लाख ६६ हजार बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या ५३ लाख ८१ हजार नाघेको छ भने रुसमा १५ लाख १३ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् ।

विश्वभर अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख ५६ हजार पुगेको छ । अमेरिकामा २ लाख ३० हजार बढीको मृत्यु भएको छ ।

ब्राजिलमा मृत्यु हुनेको संख्या १ लाख ५६ हजार ९ सय पुगेको छ । भारतमा १ लाख १८ हजार ५ सय बढीले ज्यान गुमाएका छन् । विश्वभर ३ करोड १७ लाख २३ हजार संक्रमित निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button