Tune to BFM 91.2|Biratnagar

विश्वमा कोरोना संक्रमित ४ करोड ४३ लाख पुग्यो

विराटनगर, १२ कात्तिक । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ४ करोड ४३ लाख नाघेको छ । आज साँझ सम्म विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ४ करोड ४३ लाख ५४ हजार ३४ पुगेको छ ।

अमेरिकामा ९० लाख ३९ हजार संक्रमित फेला परेका छन् । भारतमा ७९ लाख ९० हजार बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या ५४ लाख ४० हजार नाघेको छ भने रुसमा १५ लाख ६३ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । विश्वभर अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख ७३ हजार पुगेको छ । अमेरिकामा २ लाख ३२ हजार बढीको मृत्यु भएको छ । ब्राजिलमा मृत्यु हुनेको संख्या १ लाख ५७ हजार ९ सय पुगेको छ ।

भारतमा १ लाख २० हजार बढीले ज्यान गुमाएका छन् । विश्वभर ३ करोड २५ लाख ३ हजार संक्रमित निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button