Tune to BFM 91.2|Biratnagar

विश्वमा कोरोना संक्रमित ४ करोड ७४ लाख पुग्यो

विराटनगर, १८ कात्तिक । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ४ करोड ७४ लाख नाघेको छ । आज साँझ सम्म विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ४ करोड ७४ लाख २८ हजार ८६१ पुगेको छ ।

अमेरिकामा ९५ लाख ६८ हजार संक्रमित फेला परेका छन् । भारतमा ८२ लाख ६७ हजार बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या ५५ लाख ५४ हजार नाघेको छ भने रुसमा १६ लाख ७३ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । विश्वभर अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १२ लाख १३ हजार पुगेको छ । अमेरिकामा २ लाख ३७ हजारको मृत्यु भएको छ ।

ब्राजिलमा मृत्यु हुनेको संख्या १ लाख ६० हजार २ सय पुगेको छ । भारतमा १ लाख २३ हजार १ सय बढीले ज्यान गुमाएका छन् । विश्वभर ३ करोड ४१ लाख ५ हजार संक्रमित निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button