Tune to BFM 91.2|Biratnagar

विश्वमा कोरोना संक्रमित ४ करोड ९७ लाख पुग्यो

विराटनगर, २२ कात्तिक । विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या ४ करोड ९७ लाख नाघेको छ । आज साझ सम्म विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ४ करोड ९७ लाख ९० हजार ४७३ पुगेको छ । अमेरिकामा १ करोड ६४ हजार संक्रमित फेला परेका छन् ।

भारतमा ८४ लाख ६४ हजार बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या ५६ लाख ३२ हजार नाघेको छ भने रुसमा १७ लाख ५३ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् ।

विश्वभर अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १२ लाख ५० हजार ७ सय पुगेको छ । अमेरिकामा २ लाख ४२ हजार २ सयको मृत्यु भएको छ । ब्राजिलमा मृत्यु हुनेको संख्या १ लाख ६२ हजार पुगेको छ । भारतमा १ लाख २५ हजार ६ सय बढीले ज्यान गुमाएका छन् ।

विश्वभर ३ करोड ५३ लाख ४२ हजार संक्रमित निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button