Tune to BFM 91.2|Biratnagar

विश्वमा कोरोना संक्रमित ५ करोड ४४लाख पुग्यो

विराटनगर ३० कार्तिक ।विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ५ करोड ४४ लाख नाघेको छ । आज विहान सम्म विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ५ करोड ४४ लाख २७ हजार ६४९ पुगेको छ ।अमेरिकामा १ करोड १२ लाख २६ हजार संक्रमित फेला परेका छन् ।

भारतमा ८८ लाख १६ हजार बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या ५८ लाख ४८ हजार ९ सय नाघेको छ भने फ्रान्समा १९ लाख ५४ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । विश्वभर अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १३ लाख १७ हजार पुगेको छ ।

अमेरिकामा २ लाख ५१ हजार २ सयको मृत्यु भएको छ । ब्राजिलमा मृत्यु हुनेको संख्या १ लाख ६५ हजार ६ सय पुगेको छ । भारतमा १ लाख २९ हजार ६ सय बढीले ज्यान गुमाएका छन् । विश्वभर ३ करोड ७९ लाख ४८ हजार संक्रमित निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button