Tune to BFM 91.2|Biratnagar

विश्वमा संक्रमितको संख्या ५४ लाख २८ हजार १७ जना पुग्यो

विराटनगर, ११ जेठ । कोरोना भाइरसबाट विश्वभरमा संक्रमित हुनेको सख्ंया करिब साढे ५४ लाख पुगेको छ । आज साँझ सम्म संक्रमितको संख्या ५४ लाख २८ हजार १७ जना पुगेको छ । विश्वभरमा ३ लाख ४४ हजार ४ सय २० जनाको मृत्यु भएको छ ।

यस्तै २२ लाख ५९ हजार मानिस उपचारपछि घर फर्किएका छन् । भाइरसको संक्रमण सबैभन्दा बढि अमेरिकामा देखिएको छ । त्यहाँ १६ लाख ६६ हजार बढिमा संक्रमण देखिँदा ९८ हजार ६ सय बढिको मृत्यु भएको छ । अमेरिकापछि ब्राजिलमा सबैभन्दा बढि ३ लाख ४९ हजारमा संक्रमण देखिँदा त्यहाँ २२ हजार १ सय बढिको मृत्यु भएको छ ।

यस्तै रसियाका ३ लाख ४४ हजार बढिमा संक्रमण देखिँदा ३ हजार ५ सय बढिको मृत्यु भएको छ । भारतमा १ लाख ३२ हजार ७ सय बढिमा संक्रमण देखिँदा मृतकको संख्या ३ हजार ८ सय ९९ पुगेको छ । यसैवीच विश्वभरि महामारी फैलाइरहेको कोरोना भाइरस कोभिड १९ नियन्त्रणको औषधी बंग्लादेशले बनाउन सफल भएको दाबी आएको छ ।

कोरोनाको औषधी उत्पादन गर्न सफल भएको दाबी गर्ने क्रम चलिरहेको बेला पछिल्लो पटक दक्षिण एसियाली देश बंगलादेशको ‘बेक्सिम्को’ फर्माले ‘बेम्सिभिर’नामको कोरोना नियन्त्रण गर्न सक्ने औषधी बनाएको दाबी आएको हो । ‘जेनेटिक’ नाम‘ रेमडेसिभिर’ रहेको उक्त्त औषधीको प्रयोगले कोरोना संक्रमितको उपचारमा सकारात्मक लक्षण देखिएको बंगलादेशको दाबी छ ।

बंगलादेशस्थित अमेरिकी खाद्य तथा औषधी विभागले कोभिड–१९ का बिरामीको आपतकालीन उपचारमा ‘रेमडेसिभिर’को प्रयोग गर्न सकिने बताइसकेको सार्वजनिक भएको छ । कोरोनाको उपचारमा उपयोगी हुने उक्त्त औषधीलाई जापानको स्वास्थ्य मन्त्रालयले पनि कोभिड–१९ का बिरामीको उपचारमा प्रयोग गर्न अनुमति प्रदान गरेको जानकारीमा आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button