Tune to BFM 91.2|Biratnagar

विश्वमा १ लाख ७० हजार बढीको मृत्यु

विराटनगर ९ वैशाख । विश्वमा कोरोना भाइरसको महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या थपिंदै गएको छ ।पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसका कारण यो समाचार तयारपार्दा सम्म मृत्यु हुनेको संख्या १ लाख ७० हजार ५ सय १ पुगेको छ ।संक्रमितको संख्या पनि बढेर २४ लाख ८४ हजार ३ सय १ पुगेको छ ।

संक्रमितमध्ये ६ लाख ५२ हजार ७ सय ६१ जना उपचारपछि निको भएका छन् ।सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । अमेरिकामा ७ लाख ९२ हजार ७३८ जना संक्रमित हुँदा ४२ हजार ५ सय १८ जनाको मृत्यु भएको छ ।

स्पेनमा २ लाख २ सय १० जना संक्रमित हुँदा २० हजार ८ सय ५२ जनाको मृत्यु भएको छ । त्यसैगरी इटालीमा संक्रमितको संख्या १ लाख ८१ हजार २ सय २८ जना पुगेको छ ।त्यहाँ २४ हजार १ सय १४ जनाको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ५५ हजार ३ सय ८३ जना संक्रमित हुँदा २० हजार २ सय ६५ जनाको मृत्यु भएको छ ।जर्मनीमा १ लाख ४७ हजार ६५ जना संक्रमित भएका छन् । मृतकको संख्या ४ हजार ८ सय ६२ पुगेको छ ।बेलायतमा १ लाख २४ हजार ७ सय ४३ जना संक्रमित छन् भने १६ हजार ५ सय ९ जनाको मृत्यु भएको छ ।

भारतमा १८ हजार ६ सय ५८ जना संक्रमित हुँदा ५ सय ९२ जनाको मृत्यु भएको छ ।त्यसैगरी पाकिस्तानमा संक्रमितको संख्या ९ हजार २ सय १६ पुग्दा १ सय ९२ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button