Tune to BFM 91.2|Biratnagar

विश्वमा १ लाख ७७ हजार ४ सय २ मृत्यु

विराटनगर, १० वैशाख । विश्वमा कोरोना भाइरसको महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या थपिंदै गएको छ । आज विहान सम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ७७ हजार ४ सय २ पुगेको छ । संक्रमितको संख्या पनि बढेर २५ लाख ५४ हजार ५ सय ६८ पुगेको छ । संक्रमितमध्ये ६ लाख ९० हजार उपचारपछि निको भएका छन् ।

सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । अमेरिकामा ८ लाख १७ हजार ९ सय ५२ जना संक्रमित हुँदा ४५ हजार २ सय ७९ जनाको मृत्यु भएको छ । स्पेनमा २ लाख ४ हजार १ सय ७८ जना संक्रमित हुँदा २१ हजार ८ सय ८२ जनाको मृत्यु भएको छ । त्यसैगरी इटालीमा संक्रमितको संख्या १ लाख ८३ हजार ९ सय ५७ जना पुगेको छ ।

त्यहाँ २४ हजार ६ सय ४८ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ५८ हजार ५० जना संक्रमित हुँदा २० हजार ७ सय ७९ जनाको मृत्यु भएको छ । जर्मनीमा १ लाख ४८ हजार ४ सय ५३ जना संक्रमित भएका छन् । मृतकको संख्या ५ हजार ८६ पुगेको छ । बेलायतमा १ लाख २९ हजार ४४ जना संक्रमित छन् भने १७ हजार ३ सय ३७ जनाको मृत्यु भएको छ ।

भारतमा २० हजार ८० जना संक्रमित हुँदा ६ सय ४५ जनाको मृत्यु भएको छ । त्यसैगरी पाकिस्तानमा संक्रमितको संख्या ९ हजार ५ सय ६५ पुग्दा २ सय १ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button