Tune to BFM 91.2|Biratnagar

विश्वासको मत पाउँछु : मुख्यमन्त्री आचार्य

विराटनगर, १९ भदौ । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आफुले विश्वासको मत पाउने दावी गर्नुभएको छ । एमाले विभाजित भए पनि विश्ववासको मत पाउने उनको भनाई छ । सुनसरीको धरानमा ८ मा ३७ करोडको लगानीमा शुरु भएको उद्योग ब्राईट फिड प्रालिको आजउद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सो दावी गर्नुभएको हो ।

मुख्यमन्त्री आचार्यले भन्नुभयोे,‘ सरकारले एक महिनाभित्रमा विश्वासको मत लिनैपर्ने हुन्छ, आफ्नै दल विभाजित भएपनि म विश्वासको मत लिन्छु ।’

राजनीतिमा जे पनि हुने भन्दै उहाँले भन्नुभयोे,‘ नयाँ राजनीतिक समीकरण निर्माणका लागि दलहरुसँग छलफल भइरहेकै छ ।’ विकास निर्माणको काममा तीब्रता दिएर बजेट कार्यान्वयन गर्ने, प्रदेश सरकारको संरचना निर्माण, शान्ति–सुरक्षा र सुशासनको पाटोमा काम अघि बढाउने योजनाका साथ आफू लागिपरेको मुख्यमन्त्री आचार्यले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button