Tune to BFM 91.2|Biratnagar

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

विराटनगर, १२ वैशाख । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० शिविर डाँडामा बारीमा उम्रिएको विषालु च्याउ खाँदा आज एकै परिवारका पाँच जना बिरामी परेका छन् ।

च्याउ खाएर बिरामी पर्नेमा ३७ वर्षीय बद्रीविक्रम श्रेष्ठ, श्रीमती ३७ वर्षीया इन्दिरा श्रेष्ठ, छोरीहरु १२ वर्षीया कृतिका, १० वर्षीया अनुराधा र सात महिनाकी लक्ष्मी श्रेष्ठ रहेका छन् ।

आफ्नै बारीमा उम्रिएको च्याउ टिपेर तरकारीका रुपमा खाँदा परिवारका सबै जना बिरामी परेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताउनु भयो ।

पथरी अस्पतालमा उपचार हुन नसकेपछि बिरामी परेकाहरुलाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको छ । पाँच जना मध्ये इन्दिराको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकलाई उद्रित गर्दै प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button