विषालु च्याउ खाँदा पाँच जना बिरामी

0
74

विराटनगर, २ असोज । झापामा जंगली च्याउ खाँदा पाँच जना विरामी परेका छन । उनीहरुले हिजो साँझ जंगलबाट ल्याएको च्याउ खाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विरामी पर्नेमा झापाको कमल गाउँपालिका–५ का ५० वर्षीया मीना सार्की, उनका छोरा २९ वर्षीय रमेश सार्की र २५ वर्षीय कुमार सार्की रहेका छन् । त्यस्तै ७१ वर्षीय दुर्गा जिमी राई र उनकी श्रीमती ५८ वर्षीया मनकुमारी राई रहेका छन् । दमकमा उपचार हुन नसकेपछि थप उपचारका लागि उनीहरुलाई राति नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here