Tune to BFM 91.2|Biratnagar

विहार फर्कन चाहनेका लागि बाटो खुल्ला

विराटनगर १५ जेठ । मोरंग प्रशासनले भारतको विहान जानेहरुका लागि जेठ १८ गते सम्म बाटो खुल्ला गरिएको जनाउको छ ।

भारतबाट आएर लकडाउनका प्रभावित भएर विराटनगर लगायतका क्षेत्रमा रहेकाहरुका लागि आगामी मे ३१ सम्मका लागि विहार जाने व्यवस्था मिलाईएको मोरंगका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभयो ।

भारतको विहारबाट नेपाल आएर विभिन्न स्थानमा रहेर मजदुरी तथा पेसा व्यवसाय गर्दै आएकाहरुलाइ भारत सरकारले आफ्नो देश फर्कन ५ दिनको समय दिए अनुसार विहार जानेहरुका लागि व्यवस्था मिलाईएको प्रमुख जिल्ला अधिकारी भुजेलले बताउनुभयो ।

विहार फर्कन चाहनेहरुले विराटनगरको रानीनाका तथा आईसीपीबाट जान सक्ने र विहारको नागरीक भएको परिचयपत्र अनिवार्य देखाउनुपर्ने प्रमुख जिल्ला अधिकारी भुजेलले बाउनुभयो । उहाँका अनुार विहान ११ बजे देखी साँझ ५ बजे सम्म नाका खुला गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button