Tune to BFM 91.2|Biratnagar

वीएफएमद्धारा आयोजित खुल्ला गजल प्रतियोगिताका लागि २८ वटा गजल छनौट

विराटनगर, ५ फागुन । वीएफएम ९१.२ को १५ औं वार्षिकोत्सव तथा सातौं राष्ट्रिय खुल्ला गजल प्रतियोगिताका लागि २८ जनाको गजल छनौट गरिएको छ । फागुन ७ गते विहान ११ वजेदेखि शुरु हुने गजल प्रतियोगिताका लागि सार्वजनिक रुपमा आह्वान गरिएकोमा देशभरबाट १४२ वटा गजल प्राप्त भएको कार्यक्रम संयोजक मीनकुमार नवोदितले बताउनुभयो ।

विभिन्न माध्यमबाट एफएमका प्राप्त भएका गजल मध्ये वाचनका लागि छनौट समितिले २८ वटा गजल छनौट गगरेको उहाँले बताउनुभयो । प्रतियोगिताका लागि नेत्र खतिवडा– झोराहाट, मोरङ, लक्ष्मी रायमाझी– मोरङ, नविन भट्टराई– मोरङ, बन्दना दाहाल ‘सामना’– सिरहा, लक्ष्मी आचार्य ‘सिमरन’– तेह्रथुम, अम्बिका खरेल उप्रेती– मोरङ, रमेश ‘उदास’– सुनसरी, चेतन पुन मगर– बाँँके, रश्मी भट्टराई – सिन्धुपाल्चोक, श्याम अश्रु दुलाल– काठमाडौं, मनिष पोखरेल– मोरङ, भानु नेपाल– झापा र सौगात पुन मगर (समर्पण)– रोल्पाका गजल छनौट गरिएको छ ।

त्यसैगरि श्यामकुमार श्रेष्ठ– झापा, महेश दत्त पाण्डेय– बैतडी, मीना श्रेष्ठ (सबि)– विराटनगर, हिमांशु राय– मोरङ, लक्ष्मी श्रेष्ठ– सिन्धुली, छि छाङछा शिव– मोरङ, जितपुरे साइँला– मोरङ, प्रमोदकुमार मण्डल– सुनसरी, अजिता प्रधान– विराटनगर, तेजेन्द्र थापा ‘झापाली सुरज’– झापा।

लक्ष्मी स्मृति– विराटनगर, केशव भण्डारी ‘कञ्चन’– खोटाङ, प्रखर बोयाली– भोजपुर, अञ्जु ‘अश्रु’– झापा र भवानीप्रसाद पोखरेल– विराटनगरका गजल छनौट गरिएको कार्यक्रम संयोजक नवोदितले बताउनुभयो । प्रतियोगितामा वाचन भएका गजलमध्ये ४ जनालाई नगद, ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत कार्यकारी निर्देशक डा.सन्देशदास श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button