Tune to BFM 91.2|Biratnagar

वीएफएममा एसईई तयारी रेडियो कार्यक्रम

विराटनगर, १३ वैशाख । नेपाल शिक्षक संघ मोरंगले एसईई तयारी रेडियो कार्यक्रम शुरु गर्ने भएको छ । वीएफएमसँगको सहकार्यमा भोलीदेखि शिक्षक संघले एसईई तयारी रेडियो कार्यक्रम शुरु गर्ने भएको हो ।

भोलीदेखि प्रत्येक दिन दिउँसो ४ वजेदेखि एसईई तयारी रेडियो कार्यक्रम शुरु हुने भएको हो । संवन्धित विषयका संवन्धित शिक्षकहरुबाट तयारी कक्षा हुने नेपाल शिक्षक संघ मोरंगले जनाएको छ ।

संघका अनुसार आईतबार र समोबार अंग्रेजी, मंगलबार सामाजिक शिक्षा, बुधबार र विहिवार विज्ञान, शुक्रवार गणित र शनिबार नेपाली विषय सिकाईने छ । देशव्यापी लकडाउनका कारण अहिले एसईई परीक्षा स्थगित छ ।

एसईईको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरि रेडियो कार्यक्रम शुरु गरिएका शिक्षक संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button