वीएफएममा होली मिलन

0
175

विराटनगर, ४ चैत । वीएफएम ९१.२ ले होली मिलन कार्यक्रम गरेको छ । विगत वर्ष जस्तै यस वर्षपनि विराटनगरका पत्रकारसँग एफएमले होली मिलन कार्यक्रम गरेको हो ।

कार्यकारी निर्देशक डा. सन्देशदास श्रेष्ठले हरेक वर्ष पत्रकारसँग एफएमले होली कार्यक्रम गर्ने गरेको बताउनुभयो । उहाँले एफएमको बार्षिक कार्यक्रमभित्र होली कार्यक्रमलाई पनि मनाईने गरेको बताउनुभयो ।

बर्षदिनभरि समाचार संकलनमा व्यस्त रहनुपर्ने पत्रकारसँग होली कार्यक्रम मनाउनुको आनन्द नै फरक हुने गरेको कार्यकारी निर्देशक डा. श्रेष्ठको भनाई छ ।

कार्यक्रममा सहभागि नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष विक्रम लुईटेल, पत्रकार महासंघ मोरंगका अध्यक्ष बन्धु पोखरेल, पुर्व अध्यक्ष विक्रम निरौला, बान प्रदेश नं. १ का कोषाध्यक्ष अरविन्द मेहता, नेपाल प्रेस युनियन मोरंगका अध्यक्ष कुमार लुईटेल, विराटनगर जुनियर जेसिजका अध्यक्ष दीपा ओडारी, लायन्स क्लव अफ विराटनगर फ्युजनका संस्थापक अध्यक्ष टिपी आचार्य, गायक सुमित खड्का लगायतले होली पर्वलाई मर्यादित बनाउनुपर्ने बताउनुभयो ।

होली कार्यक्रममा विभिन्न सञ्चार माध्यममा आबद्ध विराटनगरका पत्रकारहरुको सहभागिता रहेको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here