Tune to BFM 91.2|Biratnagar

वीएफएम १५ औं वर्षमा प्रवेश

विराटनगर, ४ फागुन । पूर्वमा सर्वत्र, विराटनगरको उत्कृष्ठ वीएफएम ९१.२, स्थापनाको १४ वर्ष पुरा गरि आज देखि १५ औं वर्षमा प्रवेश गरेको छ । शत प्रतिशत तपाईको सुन्दै जाउँ, सुनाउँदै जाउँ भन्ने मुल नाराका साथ वीएफएमले समाचार, सामाजिक तथा मनोरञ्जनात्मक लगायतका कार्यक्रम नियमित रुपमा प्रस्तुत गर्दै आएको छ ।

१५ औं बार्षिकोत्सवका अवसरमा विराट श्री मिडिया नेटवर्क प्रालि (वीएफएम) का अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले श्रोताको मायाँले एफएमले नयाँ उचाई प्राप्त गर्दै गएको बताउनुभयो । एफएमले छोटो अवधिमै आफ्नो गरिमा उच्च बनाएको अध्यक्ष डा. कार्कीले बताउनुभयो । सञ्चार क्षेत्र समाजको मार्गदर्शक भएकाले यो जिम्मेवारीलाई गहन ढंगले महसुस गरि अघि बढ्नुपर्ने मा उहाँले जोड दिनुभयो ।

बार्षिकोत्सवको अवसरमा कार्यकारी निर्देशक डा.सन्देशदास श्रेष्ठले बर्तमान अवस्थामा देशका सम्पूर्ण मिडियाहरु जिम्मेवार सत्य र सहि सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिलेको अवस्थामा जनताको हक अधिकार प्राप्तिका लागि निरन्तर खवरदारी गरिरहने बताउनुभयो । उहाँले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को अवस्थामा पनि एफएमले निरन्तर रुपमा सूचना, सन्देश प्रवाह गर्न सफल रहेको बताउनुभयो ।

श्रोताले विज्ञापनलाई सूचनाका रुपमा लिन नसक्दा चुनौति थपिएको कार्यकारी निर्देशक डा. श्रेष्ठले बताउनुभयो । एफएम दैनिक विहान ५ वजेदेखि राती ११ वजेसम्म प्रसारण भईरहेको छ । एफएमले बार्षिकोत्सवका अवसरमा आगामी फागुन ७ गते कार्यालय परिसरमा प्रदेश १ स्तरिय गजल प्रतियोगिता लगायतका कार्यक्रमको आयोजना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button