Tune to BFM 91.2|Biratnagar

वीपीको क्षमता विस्तार गर्न प्रदेश १ का मुख्यमन्त्री राईको निर्देशन

विराटनगर, ९ भदौ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोरोना संक्रमितको संख्या बढेसँगै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्षमता विस्तार गर्न निर्देशन दिनु भएको छ । उहाँले ५ सय क्षमताको आइसोलेशन बेड र कोभिड अस्पताललाई २ सय बेड क्षमताको यथाशिघ्र तयार गर्न निर्देशन दिनुभयो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचारबारे जनस्तरबाट गुनासो आएपछि मुख्यमन्त्री राईले पदाधिकारीलाई मुख्यमन्त्री कार्यालय विराटनागरमा बोलाएर गुनासो नआउने गरि उपचारको प्रवन्ध मिलाउन पनि निर्देशन दिनु भएको हो । उहाँले कोरोना संक्रमित र र अन्य विरामीलाई छुट्टा छुट्टै उपचारको प्रवन्ध मिलाउन निर्देशन दिनुभयो ।

मुख्यमन्त्री राईले वीपीका पदाधिकारीहरु उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्टार मोहन रेग्मीलाई आफ्नो कार्यकक्षमा बोलाएर निर्देशन दिनुभउको हो । उहाँले विरामीहरुको राम्रो उपचार गराउन र आएका विरामीहरुलाई नफर्काउन समेत पदाधिकारीहरुलाई निर्देशन दिनुभयो । तत्काल पीसीआर परीक्षणको दायरा बढाउन निर्देशन दिदै आवश्यक समन्वय गर्नका लागि संयन्त्र निर्माण गर्न मुख्यमन्त्री राईले निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्रीको निर्देशनसँगै वीपीका पदाधिकारीहरुले आवश्यक कामहरु थाल्ने जानकारी गराएका थिए । छलफलमा वीपीका पदाधिकारीहरुले प्रतिष्ठानको बारेमा मुख्यमन्त्री राईलाई जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button