Tune to BFM 91.2|Biratnagar

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्लाज्मा बाट उपाचार सुरु

विराटनगर, २ भदौ । सुनसरकिो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलो पटक कोरोना भाइरसका संक्रमितको उपचार प्लाज्मा थेरापी पद्दतिबाट गर्न थालिएको छ ।

काठमाडौंपछि पहिलो पटक वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा यो पद्दतिबाट संक्रमितको उपचार थालिएको हो । गएराति धरानकै ६८ वर्षीय संक्रमित पुरुषलाई उपचारका क्रममा प्लाज्मा दिइएको बताईएको छ ।

साउन ३० गते वीपीको कोभिड–१९ अस्पतालको आइसोलेसनमा भर्ना भएका ती पुरुष आईसीयूमा उपचाररत रहेका छन् ।स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई राति १० बजेबाट एक घण्टा लगाएर प्लाज्मा दिइएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।

वीपीमा प्लाज्मा थेरापीबाट संक्रमितको उपचार सुरु भएपछि स्वास्थ्य अवस्था गम्भीर बनेका संक्रमितको उपचारमा थप सहजता हुने आशा पलाएको छ ।

प्लाज्मा थेरापी सफल उपचार पद्दति रहेको बताउँदै डा. सापकोटोले यसअघि पनि अरु रोगका बिरामीको प्लाज्मा थेरापीबाट उपचार हुँदै आएकाले यो विधि नौलो भने नभएको जानकारी दिनुभयो ।

तर विश्वमै महामारीको रुप लिएको कोरोना संक्रमणका लागि भने नयाँ उपचार पद्धती भएको सापकोटाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button