Tune to BFM 91.2|Biratnagar

वीपी प्रतिष्ठानमा तालाबन्दी

विराटनगर, ५ फागुन । तीन वर्षदेखि चिकित्सक बढुवा रोकिएको भन्दै सुनसरी धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा आज तालाबन्दी गरिएको छ । माग सम्बोधन नभएपछि तालाबन्दी गर्नुपरेको चिकित्सक तथा दन्त चिकित्सा कल्याण समाजका अध्यक्ष डा. विष्णु पोखरेलले बताउनुभयो ।

चिकित्सक तथा दन्त चिकित्सा कल्याण समाजले उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेको हो । ३–३ महिनामा बढुवा हुनुपर्ने प्रावधान रहेको र पछिल्लो समय ६ महिनामा बढुवा गरिँदै आएको चिकित्सा कल्याण समाजले जनाएको छ ।

समाजका अनुसार पछिल्लो समय ३ वर्ष देखि बढुवा रोकिएको छ । कोरोनाको उपचारमा खटिएका चिकित्सकहरूलाई कोरोना भत्ता अझै उपलब्ध नगरेको चिकित्सक तथा दन्त चिकित्सा कल्याण समाजले केही दिन अघि देखि आन्दोलित रहेको पूर्व महासचिव डा. मधुर बस्नेतले बताउनुभयो ।

प्रतिष्ठानमा सुविसुको इन्टरनेटमा व्यापक घोटाला भएको र विद्युतमा समेत घोटाला भइरहेको लगायतको मुद्दा उठाएर आन्दोलनरत रहेको समाजले १८ दिन अघि शिक्षाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button