वृद्धाश्रमका आश्रितलाई मिष्ठान भोजन

0
52

विराटनगर, ३० साउन । विराटनगरस्थित महिला जागृति तथा वृद्धाश्रमका आश्रितलाई मिष्ठान भोजन गराइनुका साथै लुगा वितरण गरिएको छ । पुष्पलालचोकस्थित आश्रम परिसरमा आज आयोजित तीजको दर खाने कार्यक्रमका बीच वृद्धाश्रमका आश्रितलाई मिष्ठान भोजन गराइनुका साथै लुगा वितरण गरिएको हो । सो क्रममा आश्रमका आश्रित एक दर्जन बढी ज्येष्ठ महिलाहरुलाई पुरी–जेरी तथा अन्य मिठाइसहितको भोजन गराइएको थियो । यसैगरि उनिहरुलाई दैनिक दिनचर्यामा आवश्यक पर्ने साबुन, टुथपेस्ट, तेल र ब्रसलगायतका सामग्रीसमेत प्रदान गरिएको छ । यसैबीच आश्रित महिलालाई बृद्धाश्रमको तर्फबाट नयां साडी वितरण गरिएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here