वेलबारीद्धारा ९ हजार भन्दा वढिलाई राहत
विराटनगर, ३० वैशाख । मोरंगको बेलबारी नगरपालिकाले ९ हजार भन्दा वढी घरपरिवारलाई राहत बितरण गरिको छ । नगरपालिकाले ९ हजार १ सय ९८ जना परिवारलाई राहत वितरण गरेको हो ।
११ वडा रहेको नगरपालिकाका सवै वडामा दैनिक ज्यालादारी गरेर जिविको पार्जन गर्ने परिवारलाई राहत वितरण गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।
नगरपालिकाले चार जनासम्मको परिवारलाई १५ किलो चामल, १ किलो दाहाल, १ किलो नुन र १ डल्ला साबुन वितरण गरेको छ भने ५ जनाभन्दा बढीको परिवारलाई २५ किलो चामल, डेढ किलो दाल, १ किलो नुन र एक डल्ला साबुन बितरण गरेको नगरपालिकाको कार्यालयले जनाएको छ ।