Tune to BFM 91.2|Biratnagar

व्यवस्थालाई असफल बनाउँदै शान्ति खल्बल्याउने षड्यन्त्र सुरु : मुख्यमन्त्री शेरधन राई

विराटनगर, १९ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघीय शासन व्यवस्थालाई असफल बनाउँदै शान्ति खल्बल्याउने षड्यन्त्र सुरु भएको दावी गर्नु भएको छ । नेपाल स्काउट प्रदेश १ तदर्थ समितिको आज विराटनगरमा आयोजित सपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री राईले नेपालाई अस्थिर बनाउने षड्यन्त्र भईरहेको बताउनु भएको हो ।

मुख्यमन्त्री राईले कसरी र कसले अस्थिर बनाउने षड्यन्त्र गरिरहेको छ भन्ने कुरा भने प्रष्ट्याउनु भएन । संविधानको कार्यन्वयन नगर्न र संघीयतालाई असफल बनाउन विभिन्न ठाउँबाट षड्यन्त्र भईरहेको उहाँको दावी थियो । उहाँले परिवर्तनका उपलब्धिलाई जोगाउँदै नागरिकको सपना पूरा गर्ने समृद्धिको यात्रा विकल्पविहीन रहेको बताउँदै सबै नागरिक सचेतपूर्वक एकतावद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

नागरिकको चाहना स्थायी शान्ति, सुशासन र विकास भएकोले तीनै तहका सरकारको यहि मर्मलाई आत्मासाथ गर्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री राईले युवाहरुलाई रचनात्मक भूमिकामा बढाउन सक्दा मात्रै देशको विकास हुनेमा विश्वास व्यक्त गर्नुभयो । नेपाल स्काउटमा आवद्ध युवाहरुले अनुशासन र मर्यादा पालना गर्नुपर्ने बताउँदै उहाँले राष्ट्रिय संकट र आवश्यकतालाई युवाहरुले धान्नुपर्नेमा जोड दिनुभयो । उहाँले युवाहरुमा भएको नकारात्मक सोचलाई हटाउँदै सहि बाटोमा हिडाउनका लागि नेपाल स्काउटको महत्वपूर्ण भूमिका हुनुपर्नेमा जोड दिनुभयो ।

देशको मेरुदण्ड मानिने युवाहरुले राष्ट्रिय जागरण ल्याउने भूमिकामा देखिनु पर्ने बताउँदै त्यसका लागि नेपाल स्काउटले नेतृत्व गर्नुपर्ने मुख्यमन्त्री राईको जोड थियो ।

नेपाल स्काउट प्रदेश १ का प्रमुख तथा सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश १ को तदर्थ समितिका संयोजक रबि खनालसहित सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराउनु भएको थियो । उहाँले जिम्मेवारी पाएका समितिका संयोजक सहित समितिलाई नेपाल स्काउटको विधान अनुरुप अगाडी जानेका लागि आग्रह गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button