व्यापारीको हत्या योजनाका सार्पसुटरसहित पाँच विरुद्ध मुद्दा

0
198

विराटनगर, २४ साउन । विराटनगरका एक जना व्यापारीको हत्या गर्ने योजना बनाएर आएका भारतीय सार्पसुटर कुनाल कुमार सिंहसहित पाँच जना विरूद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरिएको छ । मोरङ प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आज मुद्दा दर्ता गरेको हो । प्रहरीको नियन्त्रणमा रहेका सापसुटर भारत सितामढी थान बैरगानिया ग्राम पञ्चायतका १९ वर्षीय सिंह, विराटनगर महानगरपालिका– ८ का ३१ वर्षीय मन्नुकुमार गुप्ता, सर्लाही गोडैता नगरपालिकाका ५० वर्षीय हरिनारयाण झालाई ‘संगठीत रूपमा हातहतियार खरखजनासहित आपराधिक षडयन्त्र उद्योग’ मा मुद्दा दर्ता गरिएको छ । उनीहरु यस अघि नै पक्राउ परिसकेका छन् । त्यस्तै फरार रहेका मोरङको कटहरी गाउँपालिका– ५ का ४३ वर्षीय मन्नुकुमार साह रौनियार र महोत्तरी जलेश्वर नगरपालिका–४ का २५ वर्षीय टिंकुकुमार झालाई फरार प्रतिवादी बनाएर सोही मुद्दा दर्ता गरिएको छ । मुद्दा दर्ता भएपछि आजनै प्रतिवादीहरू मध्ये सिंहको बयान सुरु भएको छ । पहिलो दिन सार्पसुटर सिंहको मात्र बयान भएको छ । अन्यको बयान आइतबार हुने अदालतले जनाएको छ । आइतबार प्रतिवादीको बयान सकिए सोही दिन थुनछेक बहस हुने अदालतका श्रेस्तेदार ईश्वरमणि ओझाले जानकारी दिनु भयो । थुनछेक बहसपछि न्यायाधीश कृष्णमुरारी शिवकोटीको इजलासले आदेश दिने छ । पक्राउ परेका मुख्य अभियुक्त गुप्ताले पाँच लाखको सुपाडी दिएर विराटनगरमा खाद्यान्नको कारोवार गर्ने व्यापारी जितु भनिने जितेन्द्र रायलाई हत्या गर्न सार्पसुटर ल्याएको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताउनु भयो । प्रहरीले सिंहलाई गत जेठ २७ गते २ थान पेस्तोल र त्यसमा लाग्ने ७ राउण्ड गोलीसहित विराटनगरस्थित एक होटलबाट पक्राउ गरेको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here