Tune to BFM 91.2|Biratnagar

व्यापारीद्वारा बहालकर र ब्याज छुटको माग

विराटनगर, २२ वैशाख । विराटनगरका व्यापारीले लगातारको लकडाउनको कारण आफ्नो व्यवसाय धरासायी भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

विराट व्यापार संघको अगुवाईमा व्यापारीहरुले प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की, मोरंगका जिल्ला प्रशासन कार्यालय मोरङ्गका प्रमुख मदन भुजेल र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

व्यापारीहरुले लकडाउन अवधिभरको तथा लकडाउन समाप्त भएको ३ महिनासम्मको घर बहाल कर, व्यवसायिक कर तथा घरजग्गा करमा छुटको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

जुनसुकै शीर्षकमा लिईएको कर्जाको हकमा शतप्रतिशत ब्याज छुट हुनुपर्ने तथा लकडाउनपश्चात सहुलियत दरमा ब्याज भुक्तानीका लागि ६ महिनाको समयसीमा प्रदान गर्नुपर्ने लगायतका माग राखेको विराट व्यापार संघका महासचिब चन्द्र अधिकारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button