Tune to BFM 91.2|Biratnagar

व्यापारीमाथि निर्घात कुटपिट, प्रहरीले जाहेरी नलिएको गुनासो

विराटनगर, ६ असार । मोरङको कटहरीका काठ व्यापारीमाथि निर्घात कुटपिट भएको छ । पुरानो रिसिइवीलाई लिएर कटहरी ३ का ६५ वर्षीय उचितलाल साह र छोरा ३५ वर्षीय अजय साहले कुटपिट गरेको कटहरी–२ हल्दीवारीका जय हनुमान भेनियर उद्योग सञ्चालक ५० वर्षीय सञ्जयकुमार करवाले बताउनुभयो ।

कुटपिटबाट करवाको टाउँकोमा गहिरो चोटपटक लागेको छ । बाबुछोराले ढुंगाले आक्रमण गर्दा करवाको टाउँको ६ टाँचा लगाइएको छ । निर्घात कुटपिट गर्दा पनि मोरङ प्रहरीले जाहेरी नलिएको व्यापारी करवाले गुनासो गर्नुभयोे । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै करवाले टाउँमा चोटपटक लागेको देखाउँदै कुटपिट गर्ने विरूद्ध मोरङ प्रहरीमा जाहेरी दिँदा पनि दर्ता नगरी उल्टै मिल्न दबाव दिने गरेको गुनासो गर्नुभयो ।

प्रहरीले जाहेरी नलिँदा आक्रमण गर्नेहरू खुलेआम गाउँघरमा हिँड्ने गरेको उहाँले बताउनुभयो । मोरङ प्रहरीका प्रवक्ता डिएसी मानबहादुर राईले घटनामा मोरङ प्रहरीमा अहिलेसम्म जाहेरी नआएको बताउनुभयो । जाहेरी आएको खण्डमा प्रहरीले दर्ता नगर्ने भन्ने नै हुँदैन डिएसपी राईले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button