शताब्दिकै लामो पूर्णचन्द्र ग्रहण आज

0
250

यो शताब्दिकै लामो पूर्णचन्द्र ग्रहण आज राती लाग्दैछ । ३ घन्टा ५५ मिनेट रहने यो ग्रहण नेपालबाट देख्न सकिने छ । ग्रहण राति १२ बजेर ९ मिनेटमा सुरु हुनेछ भने १ बजेर १५ मिनेटमा चन्द्रमा पुरै ढाकिनेछ । ४ बजेर ४ मिनेटमा ग्रहण सकिनेछ । राति सवा एक बजेदेखि तीन बजेसम्म भने चन्द्रमा हल्का रातो रंगको देखिने छ । यसलाई ‘ब्लड मुन’ भनिन्छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीले गौशालामा रहेका तीनवटा टेलिस्कोपबाट ग्रहण हेर्न चाहनेका लागि विशेष व्यवस्था मिलाएको जनाएको छ । सोसाइटीका अनुसार मौसम सफा रहे राति ११ बजेर ३० मिनेटदेखि बिहान ४ बजेर ३० मिनेटसम्म ग्रहण हेर्न सकिनेछ । नासाले सम्पूर्ण एसिया, युरोप, अफ्रिका र अस्ट्रेलियाबाट यो खग्रास देख्न सकिने बताएको छ । सन् १९५३ को २६ जुलाइमा २० औं शताब्दिको सबैभन्दा लामो चन्द्रग्रहण (५ घन्टा २७ मिनेट) भएको थियो । पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा जब सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आइपुग्छ, पृथ्वीको छायाँले चन्द्रमा ढाकिन्छ । यसरी ढाकिएको चन्द्रमा पृथ्वीबाट हेर्दा कालो देखिन्छ । यसैलाई चन्द्र ग्रहण भनिन्छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here