Tune to BFM 91.2|Biratnagar

शसस्त्र प्रहरीबललाई स्थायी सुरक्षा पोष्ट निर्माणगरि हस्तान्तरण

विराटनगर, १३ जेठ । लायन्स क्लबले सिमा सुरक्षामा खटिएका शसस्त्र प्रहरीबललाई स्थायी सुरक्षा पोष्ट निर्माणगरि हस्तान्तरण गरेको छ ।

लायन्स क्लब थ्री टु फाईभ, एम डी थ्री टु फाइभ अन्तरर्गतका दमक, उर्लाबारी, बिराटनगर र काठमाण्डौका गरी विभिन्न १२ वटा क्लबहरु मिलेर शसस्त्र प्रहरी सिमा सुरक्षा बलकालागि ७ वटा स्थायी पोष्ट निर्माण गरेका हुन ।

झापाको गौरीगंज–२ लालभित्तीमा एक कार्यक्रमको आयोजनागर्दै नवनिर्मित चेकपोष्टहरु सशस्त्र प्रहरीलाई हस्तान्तरण गरिएको हो । प्रदेश १ का उद्योग, पर्यटन,बन तथा वातावरण राज्यमन्त्री विजय विश्वास र लायन्स क्लबका नवनिर्वाचित सेकेन्ड भाइस डिष्ट्रीक गर्भनर रेवतबहादुर कार्कीले संयुक्तरुपमा सशस्त्र प्रहरी नायब उपरिक्षक सुमन पोखरेललाई पोष्टहरु हस्तान्तरण गर्नुभयो ।

झण्डै ४ लाखको लागतमा ती सुरक्षा पोष्टहरु निर्माण गरिएको जनाइएको छ । सो अवसरमा राज्यमन्त्री विश्वासले संकटको समयमा समेत लायन्स क्लबहरु अग्रपंक्तीमा उभिएर समाजसेवा गरिरहेको बताउनुभयो ।

लायन्सका सेकेण्ड भाईस डिष्ट्रीक गर्भनर कार्कीले लायन्स सधै सेवामुखी भएको कारण झापा देखि काठमाण्डौ सम्मका लायन्सक्लबहरु मिलेर पोष्टहरु निर्माण गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button