शान्ति चोकमा विराट ट्रेड एक्स्पो

0
139

मोरङ व्यापार संघको आयोजनामा आउँदो पुस ६ देखि १४ गतेसम्म एसपी कार्यालय नजिक शान्ति चोकमा विराट ट्रेड एक्स्पो २०७५ सञ्चालन हुने भएको छ। व्यापारिक तथा औद्योगिक केन्द्र विराटनगरमा नौ दिनसम्म लगातार सञ्चालन हुने एक्स्पोको मुख्य विशेषता नेपाललगायत छिमेकी राष्ट्रका लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्तालाई एउटै मञ्चमा ल्याई उपभोक्तालाई प्रत्यक्ष अवलोकन तथा जानकारी उपलब्ध गराउनु रहेको संघले जनाएको छ । संघले बुधबार पत्रकार सम्मेलन गरी नेपाल भित्रिने वस्तु तथा सेवालाई एउटै छानामुनि अवलोकन गराउने उद्देश्यले एक्स्पो आयोजना हुने अध्यक्ष पवनकुमार सारडाले जानकारी दिए । उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध स्थापना गर्ने हेतुले आयोजना गर्न लागिएको यस एक्स्पोमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका अतिरिक्त विदेशी वस्तु, पहाडी जिल्लाका खनिज तथा कृषिजन्य उत्पादनसमेत गरी करिब २७५ स्टल रहने बताइएको छ। तीन लाख दर्शकले अवलोकन गर्ने तथा ३० करोडको कारोबार हुने आयोजकको अपेक्षा छ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here