Tune to BFM 91.2|Biratnagar

शिक्षा मन्त्री श्रेष्ठको प्रदेश १ का दलित अगुवाद्धारा विरोध

विराटनगर, ११ असार । सरकारवादी रहेको जातीय भेदभाव तथा छुवाछूत कसुर मुद्दाका आरोपीलाई जमानतमा छोडाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठकै प्रत्यक्ष संलग्नता देखिएको घटनाप्रति प्रदेश १ का दलित अगुवाहरुले विरोध जनाएका छन् ।

प्रदेश १ का दलित अगुवाहरुले आज आयोजना गरेको भर्चुअल छलफल कार्यक्रममा बोल्दै दलित अधिकारकर्मी तथा सामाजिक अगुवाहरुले मन्त्री श्रेष्ठको विरोध जनाउँदै रुपा सुनारलाई न्याय दिलाउन जस्तोसुकै गतिविधि गर्न तयार रहेको चेतावनी दिएका छन् । देशका बहालवाला शिक्षामन्त्रीले नै अभियुक्तलाई छुटाउन प्रहरी विरुद्ध नारा लगाउने र छुटाउन दवाव दिएको विषयलाई प्रदेश १ का दलित अगुवाहरुले विरोध जनाउँदै शिक्षामन्त्री श्रेष्ठलाई कारबाहीको माग गरेका छन् । कार्यक्रममा डिबी शाहशंकर, सोमनाथ पोर्तेल, कुमार सिवा, नैन विश्वकर्मा, इन्द्रमाया बराइली लगायतले भेदभावको घटनामा राज्यको तर्फबाट पीडकलाई सहयोग गर्ने शिक्षामन्त्रीलाई कारबाही नगरे कडा संघर्षका कार्यक्रमहरु ल्याउने चेतावनी दिएका छन् । प्रदेश १ का दलित अगुवाहरुले भेदभाव गर्ने घरबेटी र भेदभाव तथा छुवाछुतको घटनालाई उक्साहट दिने शिक्षामन्त्रीलाई कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेका छन् ।

प्रदेश १ का १ सय २० बढी दलितको सवालमा काम गरिरहेका संस्था तथा व्यक्ति (दलित अगुवा) हरुले कारबाही प्रक्रिया अघि नबढाए जस्तोसुकै संघर्षको कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी दिएका छन् । आज नै डिवी शाहशंकर संयोजक, सुमन परियार सहसंयोजक र उमेश विश्वकर्मा सचिव रहेको रुपा सुनारको न्यायका लागि संघर्ष समिति गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button